काठमाडौं : काठमाडौंबाट फोहोर बोकेर गएको टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्।
तारर्केश्वर नगरपालिका-५ फुलबारी गेटनजिकै सडक खण्डमा टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका हुन्। गोकर्णेश्वर नगरपालिकाको फोहोर बोकेर गएको बागमती प्रदेश ०१-००४ क ३६८६ नम्बरको टिपर र बा ८० प २१४५ नम्बरको मोटरसाइकल मंगलबार पौने १ बजे ठोक्किएको हो।
उक्त ठक्करबाट मोटरसाइकल चालक नुवाकोट ककनी गाउँपालिका-१ का १५ वर्षीय अबिन बलामी, १७ वर्षीय सविन बलामी र १८ वर्षीय संगित बलामी घाइते भएका भएको जिल्ला परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।
‘उहाँहरूको अवस्था मध्यम छ,’ एसपी बोहराले भने, ‘बालाजुको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ।’





