नेशनल लाइफ इन्स्योरेन्सको सिइओमा पुनः खत्री नियुक्त

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री दोश्रो कार्यकालका लागि दोहोरिएका छन् ।

चार वर्षे पहिलो कार्यकाल सन्तोषजनक रहेको निष्कर्षसहित कम्पनीको सञ्चालक समितिले कार्य सम्पादन समिक्षा गर्दै पुनः चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको दोश्रो कार्यकाल जेठ ३ गतेदेखि शुरू भएको छ। यद्दपी  जेठ ३ गते सार्वजनिक बिदा परेकाले उनले जेठ ४ गतेदेखि औपचारिकरूपमा दोश्रो कार्यकाल सम्हाल्नेछन् ।

३७ वर्ष लामो इतिहास बोकेको नेशनल लाइफ इन्स्योरेन्समा तत्कालीन प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल पुरा भएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए ।

निरन्तर ३२ वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्समा आबद्ध खत्रीको करियरको शुरूवात सहायक पदबाट भएको थियो। उनले भारतको बैङ्ग्लोरबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार