राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

२०८२ जेष्ठ ६, मंगलवार

काठमाडौं : नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हाे । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो । सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार