डीआईजी शाह एआईजीमा बढुवा सिफारिस

२०८२ जेष्ठ ६, मंगलवार

काठमाडौँ : नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक(एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । जेठ ११ बाट एआईजी लालमणी आचार्य अनिवार्य अवकाशमा जाँदै छन् । सो पदमा शाहलाई बढुवा सिफारिस गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले हाम्रोदेशलाई बताए ।

शाह प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका प्रमुख हुन् । २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर उनि प्रहरीमा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार