बसको ठक्करबाट छोरीको मृत्यु, आमा गम्भीर घाइते

२०८२ जेष्ठ ७, बुधबार

गोरखा : गोरखामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन् ।

गोरखाबाट आरूघाटतर्फ गइरहेको ग २ ख ९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका–४, फिनामकी चार वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार, घटनामा परेर बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती गम्भीर घाइते भएकी छन् । विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निसा रोकाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार