राजावादीहरूले गर्ने प्रदर्शनमा जनधनको क्षति हुन दिँदैनौँ: प्रहरी

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौँ : काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले यही जेठ १५ गते सुरक्षा योजना बनाएर अगाडि बढ्ने बताएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादीहरूले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर अघि बढ्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा एसएसपी खनालले भने,’जेठ १५ गते राजावादीहरूले गर्ने प्रदर्शनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउँछौँ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ ।’ राजावादीहरूले गर्ने प्रदर्शनमा कुनै पनि जनधनको क्षति हुन नदिने समेत एसएसपी खनालले बताए ।

राजावादी समूहले यही जेठ १५ गते राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेका छन् । यसअघि गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार