काठमाडौं : ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत हवाई टिकट खरिद गर्दा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
बैंकको मोबाइल एप ‘ज्योति स्मार्ट’ प्रयोग गरी कुनै पनि एयरलाइन्सको हवाई टिकट खरिद गर्दा ‘Jyoti500’ प्रोमो कोड प्रयोग गरेमा यो क्यासब्याक प्राप्त हुनेछ । आजैदेखि सीमित अवधिका लागि लागू गरिएको यस अफर अन्तर्गत ग्राहकले पहिलो पटक टिकट खरिद गर्दा मात्र क्यासब्याक सुविधा प्राप्त गर्नेछन् ।
योजनाले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्नुका साथै ग्राहकलाई सुलभ र किफायती सेवा दिने उद्देश्य राखेको बैंकले जनाएको छ ।





