काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ८४ हजार २ सय रूपैयाँ कायम भएको थियो।
सोमबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको थियो। मंगलबार छापावाल सुनको मूल्य स्थिर अवस्थामा रहि १ लाख ८४ हजार ८ सय रूपैयाँमा नै कारोबार भयो। बुधबार फेरि छापावाल सुनको मूल्य ५ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएको थियो।
फेरि बिहीबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ५ सय रूपैयाँ कायम भएकोमा शुक्रबार छापावाल सुनको मूल्य ११ सय रूपैयाँले घटेर १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ६२०० रुपैयाँले बढेको छ ।





