स्वास्थ्य मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड बजेट

२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले स्वास्थ्यमा ९५ अर्ब ८१ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८२ जेठ १५ गते संघीय संसद्मा बजेट प्रस्तुत गर्दै ‘निरोगी नेपाल, स्वच्छ नेपाली’ भन्ने नारा अघि सार्दै स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका कार्यक्रमहरू सार्वजनिक गर्नुभएको हो ।यो बजेट गत वर्षको ८६ अर्ब २४ करोडको तुलनामा ९ अर्ब ५७ करोडले बढेको हो ।

सरकारले आगामी वर्षमा स्वास्थ्य बिमा, नसर्ने रोगको उपचार, अस्पताल सुधार, मातृशिशु सुरक्षा, वैकल्पिक चिकित्सा र जनसंख्या व्यवस्थापनमा प्राथमिकता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार