जडीबुटी चोरी निकासी रोक्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड

२०८२ जेष्ठ १६, शुक्रबार

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा पाइने जडीबुटीको चोरी, पैठारी रोक्नुपर्नेमा जोड दिएका छन् ।

जडीबुटी कागजमा थोरै, ट्रकमा धेरै निर्यात हुने गरेकाले सरोकारवालाले यो विषयमा गम्भीर हुनुपर्ने उनको भनाइ छ । आज वीरेन्द्रनगरमा आयोजित वन उपभोक्ता महासङ्घको कार्यक्रममा उनले सबैले जडीबुटीको राजधानी कर्णाली भनेपनि खोज्दा नपाइने बताए । “जडीबुटीको चोरी, निकासी, पैठारीको विषयमा मभन्दा बढी तपाईँहरू नै जानकार हुनुहुन्छ”, उनले भने, “म भर्खर एक वर्षदेखि सरकारमा छु, थोरैथोरै जान्या छु ।

तपाईँहरु त वर्षौँदेखि सिफारिस गरिरहनुभएको छ ।” मुख्यमन्त्री कँडेलले वन अधिकारीहरूकै संलग्नतामा जडीबुटीको चोरी, पैठारी र निकासी हुने गरेको जानकारी आएकाले सचेत हुन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार