गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : योगेश भट्टराई

२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौँ : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदमा गृहमन्त्रीले बोल्न पाउनु पर्ने धारणा व्यक्त गरेका छन्।

त्यति बेला सहकारी ठगीको आरोप लागेका तत्कालीन गृहमन्त्री रवी लामिछानेले पनि बोल्न पाउनु पर्ने नेकपा एमालेको धारणा रहेको उदाहरण दिँदै उनले अहिलेका गृहमन्त्रीले पनि बोल्न पाउनु पर्ने धारणा व्यक्त गरेका हुन्।

‘आज साइकलको पाङ्ग्रा त्यही ठाउँमा आइपुग्यो। हिजो गृहमन्त्रीलाई बोल्न नदिने आज सत्ता पक्ष, गृह मन्त्रीलाई बोल्न दिनुपर्छ भन्नेहरू प्रतिपक्ष,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो अडान हिजो पनि त्यही थियो, आज पनि त्यही छ। संसदमा गृहमन्त्रीलाई बोल्न दिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार