काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २९ सय रुपैयाँले बढेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९० रूपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर २ हजार ४५ रूपैयाँ कायम भएको छ ।





