उच्च अदालतमा ४ जना मुख्य न्यायाधीश नियुक्त

२०८२ जेष्ठ ३०, शुक्रबार

काठमाडौँ : न्याय परिषद्ले ४ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ ।

जेठ ३० गते बसेको परिषद्को बैठकले न्यायाधीश लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा नियुक्ति तथा पदस्थापन गरेको हो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश राजनप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा, उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा नियुक्तिसँगै पदस्थापन गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ ।

उच्च अदालत दिपायलमा नियुक्ति भई वैदेशिक रोजगार न्यायाधिकरणमा काजमा रहेका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज सरुवा गरिएको न्याय परिषद् सचिवालयका प्रवक्ता अशोककुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार