काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो ।लामिछानेविरुद्ध सहकारी ठगी तथा संगठित अपराध मुद्दामा आइतबार अभियोगपत्र दर्ता भएको हो ।
उक्त मुद्दामा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने अहिले पुर्पक्षका लागि थुनामा छन् । लामिछानेविरुद्ध रुपन्देहीसँगै कास्की, चितवन र काठमाडौंमा पनि सहकारी ठगी तथा संगठित अपराध मुद्दा दर्ता भएको छ ।
रवि लामिछानेविरुद्ध पर्सामा दायर भएको पाँचौ मुद्दा हो ।





