रास्वपाले सत्तासँग सम्झौता चाहेको छ : पूर्ण बस्नेत

२०८२ असार ३, मंगलवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तासँग सम्झौता चाहेको बताएका छन् ।

बस्नेतले गृहमन्त्रीमाथि नैतिकताको प्रश्न उठाउँदै संसद अवरुद्ध गरिरहेको रास्वपाले पार्टीगत स्वार्थका लागि सत्ता पक्षसँग सम्झौता गर्न चाहेको बताएका हुन् । बस्नेतले भने, ‘रास्वपाले गर्ने सबैखाले स्टण्टबाजीको कारण रवि लामिछाने हुन् । सत्तासँगको सम्झौताबाट रवि लामिछानेलाई न्यूनतम राहत र अधिकतम उन्मूक्ति दिलाउने रास्वपाको उद्देश्य हो ।’

चर्को आवाज निकालेर अरुमाथि उठाइने प्रश्नले कहिलेकाही आफैसँग पनि जवाफ मागिरहेको हुन्छ भन्ने कुरा हेक्का राख्न उनले रास्वपालाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार