काठमाडौँ : स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।
दुई देशबीचको खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ । नेपालले अहिलेसम्म दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ । स्कटल्यान्डसँगको खेलमा नेपालले दुई विकेटको सानदार जित निकाल्दै अंकतालिकामा दुई अंक जोडेको हो । उता, तीन खेल खेलेको नेदरल्यान्ड्सले दुई जित निकाल्दै चार अंक बनाएको छ ।
स्कटल्यान्डमाथि ३९ रनको जित दर्ता गर्दै सिरिज सुरु गरेको स्कटल्यान्ड दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । त्यसपछि, नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले हराउँदै शीर्ष स्थानमा आफ्नो दाबी बलियो बनाएको छ ।





