पहिरोले पुरिँदा दुई गाई र एक बाच्छाको मृत्यु

२०८२ असार ६, शुक्रबार

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका –६ फेदीस्थित गोठ पहिरोले पुरिँदा शुक्रवार दुई गाई र एउटा बाच्छाको मृत्यु भएको छ ।

स्थानीय सहदेव लामिछाने र रामकुमार लामिछानेको ढुङ्गा माटोले बनेको जस्ताले छाएको दुई तले कच्चीगोठमा पहिरो आउँदा तीनको मृत्यु भएको हो। बाँधिराखेका ५ वटा गाईमध्ये २ वटा गाईलाई बिहान नेपाल प्रहरी र स्थानीयको सहायताले सकुशल उद्धार गरिएको छ ।

पहिरोले मानवीय क्षति भने हुन नपाएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार