पाँचखालमा बस दुर्घटना, ८ जना घाइते

२०८२ असार ११, बुधबार

काठमाडौं : काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका-६, हनुमानगढीमा बा २ ख ३२६५ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि पाँचखाल पोलिक्लिनिक पठाइएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट मेलम्ची तर्फ जाँदै गरेको उक्त बसमा ३५ जना यात्रु सवार थिए । बस चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ का ३० वर्षीय मनोज बराईली पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार