बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

२०८२ असार ११, बुधबार

काठमाडौँ : नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।

बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो ।

पार्टी भवन निर्माणका सवालमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले तिम्सिना र पाण्डेको जिम्मेवारी खोसिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार