मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ असार १९, बिहीबार

काठमाडौं : तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका-३ पाँचमानेका नवीन घिमिरले चलाएको बा७४प ४००५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही नगरपालिका-८ भेटघाट चोकका करिब ७० वर्षीय कुलबहादुर आचार्यको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका आचार्यलाई उपचारको लागि सिटी अस्पताल हुँदै ग्राण्डी पुर्‍याइएकोमा राति सवा ११ बजे मृत्यु भएको हो ।

चालक घिमिरेलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार