मोटरसाइकल र स्कुटर ठोकिँदा युवकको मृत्यु, दुईजना घाइते

२०८२ असार २७, शुक्रबार

काठमाडौं : काठमाडौँको चन्द्रागिरि नगरपालिका-१५ तीनथानामा मोटरसाइकल र स्कुटर आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

आज बिहान करिब पौने चार बजे चन्द्रागिरि-१५ तीनथानास्थित मुख्य सडकमा दुई सवारी साधन ठोकिँदा मोटरसाइकल चालक चन्द्रागिरि-४ थानकोट निवासी करिब ३४ वर्षीय रोशन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटरका चालक धादिङको खानीखोला घर भएका ३२ वर्षीय विष्णु श्रेष्ठ र स्कुटरको पछाडि सवार धादिङकै धुनिवेशी-९ घर भएका २५ वर्षीय विवेक केसी घाइते भएका छन्।

उनीहरुको कलंकीस्थित सहिद मेमोरिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको बा.८५ प ४८२२ नम्बरको ढकाल सवार मोटरसाइकल सुरुमा आफैँ अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियाे। त्यसले पछि विपरित दिशातिर जाँदै गरेको बाप्र ०२ ०४२ प ९८२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका ढकाललाई उपचारकाे लागि कलंकीस्थित सहिद मेमोरिल अस्पतालमा पुर्‍याउँदा चिकित्कसले मृत घाेषणा गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार