भिरबाट लडेर युवकको मृत्यु

२०८२ असार २८, शनिबार

जुम्ला : भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ ।

उक्त वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो ।

अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी असिम हमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार