काठमाडौं : अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाएका छन्।
गृहमन्त्री रमेश लेखकले मन्त्रालयकै सुरक्षा महाशाखा प्रमुख रहेका तिवारीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
यसअघि अध्यागमनको महानिर्देशक रहेका गोविन्द प्रसाद रिजाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।





