साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल श्रीलंकासँग दोस्रोपटक खेल्दै

२०८२ श्रावण १, बिहीबार

काठमाडौं : बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज फेरि श्रीलंकासँग खेल्दै छ ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो । यो श्रीलंकासँग लगातार खेल पनि हुनेछ । मंगलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो ।

आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार