अध्यक्ष र पूर्वराष्ट्रपति आपसमा छलफल गरेर सुल्झाउनुस् : गोकुल बास्कोटा

२०८२ श्रावण ३, शनिबार

काठमाडौँ : नेकपा एमाले नेता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिमा आगमनबारे पार्टीमा देखिएको विवादको समाधान छलफल गरेर टुंग्याउन सुझाव दिएका छन्।

च्यासलमा जारी एमाले पोलिटब्युरो बैठकमा आफ्ना धारणा राख्दै उनले यसका लागि अध्यक्ष र पूर्वराष्ट्रपतिले आपसमा छलफल गरेर मिलाउनुपर्ने मत राखेका हुन्।

‘अध्यक्ष र पूर्व राष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेजनलाई मात्र होइन दुनियाँलाई थाहा छ,’ बास्कोटाले भनेका थिए, ‘तपाईहरु आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्,प्राविधिक कुराले होइन।’

उनले पार्टीमा यसरी आपसमा विवाद गर्दा कसले जित्छ भन्दै प्रश्न समेत गरेका थिए। ‘जित्ने कसलाई हो-विपक्षलाई कि आफैंलाई?,’ बास्कोटाले भनेका थिए। उनले पार्टीको नयाँ पुस्तालाई पनि नेताहरूलाई मिलाउने क्षमता देखाउन आग्रह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार