पूर्वमन्त्री बज्राचार्यको निधन

२०८२ श्रावण ४, आईतवार

काठमाडौं : पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ । तत्कालीन ललितपुर नगरपालिका प्रमुख समेत रहेका बज्राचार्यको शनिबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा ८९ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा राखिएको छ । उनका कान्छा छोरा विदेशबाट फर्किएपछि आइतबार अन्त्येष्टि गरिने ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए । विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख भएका थिए ।

विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए । विसं २०४६ मा प्रजातन्त्र आएपछि उहाँननेकपा एमालेबाट २०५४ मा ललितपुरको नगरप्रमुख भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
1
+1
1
+1
1
+1
1

ताजा समाचार