अफगानिस्तानमा नेपालबाट एक वर्षमा ६९ थान डोजर निर्यात

२०८२ श्रावण ८, बिहीबार

काठमाडौँ : नेपालमा उत्पादन नै नहुने ‘हेभी इक्विपमेन्ट’ नेपालबाट विदेशमा निर्यात भएका छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो एक वर्षको निर्यात तथ्याङ्क अनुसार नेपालले एक वर्षमा ६९ थान डोजर अफगानिस्तान निर्यात गरेको हो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट अफगानिस्तानमा कुल ६९ थान बुल्डोजर निर्यात भएको छ । जसको निर्यात रकम २९ करोड ६४ लाख ४७ हजार रुपैयाँ बराबर छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अफगानिस्तानमा ५५ थान बुल्डोजर २६ करोड ६७ लाख ९९ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष निर्यात बढेको देखिन्छ ।

नेपालमा भारत, दक्षिण कोरिया, जापान, चीन लगायत देशबाट डोजर, एस्काभेटर, बुल्डोजर लगायत हेभी इक्विपमेनट आयात हुने गरेको छ । नेपालले आव २०८१२०८२ मा दुई खर्ब ७७ अर्ब ३ करोड २ लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको छ । अघिल्लो वर्ष नेपालको कूल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार