प्रभु बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

२०८२ श्रावण ८, बिहीबार

काठमाडौं : काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाइन हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन्। सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक लि.का तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार को संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो।

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।

प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार