काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख ९६ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ५० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार २ सय ५५ रूपैयाँ कायम भएको छ ।





