खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर किसानको मृत्यु

२०८२ श्रावण १९, सोमबार

रौतहट : रौतहटमा करेन्ट लागेर एक किसानको ज्यान गएको छ । धानबाली सिचाइ गर्नका लागि विद्युतीय मोटरबाट सिचाइ गर्ने क्रममा इशनाथ नगरपालिका वडा नम्बर ८ मन्सरीटोल निवासी ५५ वर्षीय शेख जफिर आलमको करेन्ट लागेर ज्यान गएको हो ।

धान खेतमा पानी लगाउनको लागी जडान गरेको मोटरको तारबाट करेन्ट लागी गम्भीर घाइते भएका जफिरको उपचारको लागी प्रादेशिक अस्पताल,गौरमा लगिएको थियो। अस्पताल उनलाई चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार