नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै

२०८२ श्रावण २८, बुधबार

काठमाडौँ : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको ठहर गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाउपाकाे अध्यक्ष श्रेष्ठ नै रहेकाे ठहर आयाेगले गरेकाे जानकारी दिए।

आयाेगले हिजो यस्ताे निर्णय गरेको हाे। नाउपाकाे संस्थापक सदस्यहरूको भेलाले श्रेष्ठलाई अपदस्त गर्दै लालबीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेकाे थियो। चाैधरी नाउपाका संस्थापक अध्यक्ष रेशम चाैधरीका बुवा हुन् भने श्रेष्ठ पत्नी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार