वामदेवलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता

२०८२ श्रावण ३०, शुक्रबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रबार बसेको समाजवादीको सचिवालय बैठकले नेता गौतमलाई अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरीयता तोकेको हो।

राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिने निर्णय भएको पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। गौतमलाई विभाग संयोजन गर्ने जिम्मेवारी दिइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार