रवि लामिछानेलाई रुपन्देही कारागारबाट निकालियो, काठमाडौं लगिंदै

२०८२ श्रावण ३१, शनिबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लैजान रुपन्देही कारागार भैरहवाबाट बाहिर निकालिएको छ ।

लामिछानेलाई कारागारबाट गौतमबुद्ध विमानस्थल  लगिने र  बुद्ध एअरको जहाज मार्फत काठमाडौं लगिंदै छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार