काठमाडौं : भैरहवा कारागारबाट अड्डासार गरिएका रास्वपा सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ ।
विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई राखिएको थियो । उनी उच्च अदालतले सफाइ दिएपछि थुनाबाहिर छन् ।कारागार स्रोतका अनुसार रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी छन् । उनलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी गरिएको कारागार स्रोतले बताएको छ ।
आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन् । नख्खु कारागारका एक अधिकारीका अरु कैदीबन्दीलाई झैं रविले पनि सुविधा पाउनेछन् । संरचनाका हिसाबले पनि भैरहवा भन्दा यहाँ सहज र सुरक्षित रहेको छ ।





