सहिदको बलिदान अमूल्य सम्पत्ति : मुख्यमन्त्री सिंह

२०८२ भाद्र १, आईतवार

जनकपुर : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तेस्रो मधेस आन्दोलनका प्रथम सहिद राजीव राउतप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। आज राउतको सहादत दिवसका अवसरमा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सहिद राउतसहित सम्पूर्ण सहिदप्रति उच्च सम्मान प्रकट गरे।

मुख्यमन्त्री सिंहले सहिदहरूले देखाएको बाटो र आदर्शलाई अवलम्बन गर्दै मधेसका अधिकार, समानता र न्यायका पक्षमा निरन्तर अघि बढ्ने दृढ सङ्कल्प व्यक्त गरे। उनले मधेस आन्दोलनका क्रममा बलिदान दिने सहिदहरूको बलिदानलाई इतिहासकै अमूल्य सम्पत्ति भएको उल्लेख गरेका हुन्।

मधेसवादी दलहरूको आन्दोलनका विसं २०७२ भदौ १ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा प्रहरीको गोली लोर राजीव राउतको घटनास्थलमै मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार