काठमाडौँ : रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी शुरूवात गरेको छ ।
मंगलवार भएको आफ्नो पहिलो खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गरेको हो । केलियन एम्बाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमार्फत् गरेको गोल नै रियललाई जिताउन पर्याप्त बन्यो । उनी गत सिजन मड्रिडको उच्च गोलकर्तामा रहेका थिए । मिडफिल्डर गन्जालो गार्सियालाई फाउल भएपछि प्राप्त पेनाल्टीमा उनीले सजिलो गोल गरेका हुन् ।
यो खेल रियलका नयाँ प्रशिक्षक साबी अलोन्सोको पनि पहिलो आधिकारिक लिग खेल हो । अलोन्सोले नयाँ सिजनका ३ नयाँ डिफेन्डर आल्भारो कार्रेरास, ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्ड, र डिन होइसेनलाई पहिलो रोजाइमै राखेका थिए ।





