युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैन : प्रधानमन्त्री ओली

२०८२ भाद्र ४, बुधबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही नभएको बताएका छन्।सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा सहभागी भएपछि उनले उद्यमी, व्यवसायी र मेहनतीहरूलाई धन्यवाद समेत दिए।

‘भृकुटीमण्डपमा हिजो सुरु नाडा अटो शोमा सहभागी हुने क्रममा। नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा विभिन्न मोडलका सवारी साधन सहित उड्ने ट्याक्सी पनि थियो,’ उनले भने, ‘युवाहरू उद्यम, आविष्कार र सकारात्मक काममा लागे गर्न नसकिने केही छैन।’

उनले निराशाको खेतीभन्दा पर गएर हेरे प्रगति देख्न सकिने जिकिर गरे। उनले भने, ‘निराशाको खेतीभन्दा पर गएर हेरे प्रगति देख्न सकिन्छ। उद्यमी, व्यवसायी र मेहनतीहरूलाई धन्यवाद।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार