काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ३ सय रूपैयाँले बढेर १ लाख ९४ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ५५ रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर २ हजार २ सय ९० रूपैयाँ कायम भएको छ ।





