पैसा नदिएको रिसमा हजुरआमालाई खुकुरी प्रहार गर्ने नाति पक्राउ

२०८२ भाद्र ९, सोमबार

काठमाडौं : झापामा आफ्नै हजुरआमामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाउने नाति पक्राउ परेका छन्।

प्रहरीका अनुसार, गत असार १२ गते बिहान करिब ५ बजे भद्रपुर नगरपालिका–१० स्थित शत्रबिगेमा बस्ने २७ वर्षीय महेश सुवेदीले आफ्नै ७२ वर्षीया हजुरआमा खिनमाया सुवेदीलाई खुकुरी प्रहार गरेका थिए। एक्लै बस्दै आएकी खिनमायालाई नाति सुवेदीले पैसा नदिएको रिसमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका सुवेदीलाई आज  साँझ ५ः३० बजे प्रहरी नायव निरीक्षक विजय चौहानको कमान्डमा खटिएको टोलीले भद्रपुर–१०  शत्रबिगेस्थित उनको घरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार महेश सुवेदीविरुद्ध यसअघि नै ज्यान मार्ने उद्योग मुद्दा दर्ता भइसकेको र पक्राउ पुर्जी समेत जारी भइसकेको थियो।

हाल उनलाई थप अनुसन्धानका लागि भदौ १० गते जिल्ला अदालत झापामा पेस गरिने र अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार