कर्णाली राजमार्गमा पहिरो, यातायात अवरुद्ध

२०८२ भाद्र ११, बुधबार

काठमाडौं : अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालन रोकिएको छ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोलामा सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएको हो। पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ। वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार