काठमाडौँ : गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामा विदेश पलायन भएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा राजनीतिबाट सदाको लागी बिदा भएको निर्णयसहितको भावुक स्टाटस लेख्दै उनी विदेशीका हुन् ।
‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीताका साथ मेरो क्षमताले भ्याए सम्मको भूमिका र कार्य सम्पादन गरियो । तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले आफूले गरेको कामबाट मलाई कहिले पनि आत्मसन्तुष्टि भएन,’ उनले भनेका छन्, ‘त्यसैले अब देखि यो राजनीतिबाट सदाको लागी बिदा भएको निर्णय सहितको घोषणा गर्दै जिन्दगीलाई पुनः एक पटक शून्य अर्थात् जिरोबाट सुरुवात गर्न यो युवा पनि परदेश लागियो ।’
माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका लामाले जर्मनी उड्नुअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई दिएका छन् ।





