निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

२०८२ भाद्र १७, मंगलवार

 काठमाडौं : संघीय निजामती विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।

मंगलबार बसेको सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । १५ असारमा प्रतिनिधिसभाबाट पारित भएर गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार