प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यापर्ण

२०८२ भाद्र २९, आईतवार

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यापर्ण गरेकी छिन् ।

उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यापर्ण गरेकी हुन् । प्रधानमन्त्री कार्की माल्यापर्णपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार