म रहरले प्रधानमन्त्री बनेको होइन : सुशीला कार्की

२०८२ भाद्र २९, आईतवार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको बताएकी छन्। सिंहदरबारमा आज पदभार ग्रहण गर्दै उनले आफू जनभावनाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको बताएकी हुन्।

‘जुन परिस्थितिमा म आएँ, रहरले आएको होइन,’ उनले पदभार ग्रहणपछि सम्बोधनका क्रममा भनिन्, ‘सडकबाटै मलाई जिम्मा दिँन आग्रह भएपछि म आएको हो। म सत्ताको रसस्वादन गर्न आएको होइन। उमेर पनि मेरो त्यो होइन। सेवा गर्न आएको हो।’

उनले ६ महिना भन्दा बढी सत्तामा नबस्ने पनि बताइन्। ‘नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिने अठोट म गर्छु। मलाई सबैले साथ दिनुपर्छ। सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भवन छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार