विषालु जङ्गली च्याउ खाँदा ६ जना बिरामी

२०८२ आश्विन १, बुधबार

काठमाडौं : गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जनासहित ६ जना बिरामी भएका छन् ।

बिरामी पर्नेहरूमा ८३ वर्षीया केरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीयाा बिपना रजाली, १० वर्षीय  किरण रजाली र छिमेकी ३६ वर्षीया बिपना रजाली रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।

बुधबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरूलाई अचानक पेट दुख्ने, वाकवाकी हुने र बान्ता हुने समस्या देखिएको थियो । प्रारम्भिक उपचारका लागि उनीहरूलाई सुभ सारथी मेडिकल, मजुवामा पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार