मन्त्री र सचिवको कार्यकक्षमा सिसिटिभी राख्नुपर्छ : देवकोटा

२०८२ आश्विन ४, शनिबार

काठमाडौं : राष्ट्रियसभाका पूर्व सदस्य तथा संघीयताविज्ञ डा. खिमलाल देवकोटाले संविधान परिमार्जन गरेर आजको आवाजलाई सम्बोधन गरिनुपर्ने मत राखेका छन् । उनले मुलुकलाई क्रिडास्थल नबनाउनको लागि पनि चुनावमा जानुपर्ने मत राखेका छन् ।

शुक्रबार संविधान दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिलेका उपलब्धिलाई संस्थागत गर्ने र फागुन २१ गते हुने चुनावमा जाने वातावरण मिलाउनको लागि आग्रह गरे । उनले वर्तमान सरकारले चुनावको लागि पनि पूराना दलसँग सहकार्य गर्नुपर्ने सुझाव दिए ।

आफूले पटक–पटक कांग्रेस र एमालेजस्ता दुई ठूला दल सरकारमा जान नहुने भनेर वकालत गरेको र सार्वजनिक रुपमा खबरदारी गरेको पनि देवकोटाले स्मरण गराए । उनले भने,‘पहिलो र दोस्रो ठूला दल सरकारमा जानु हुँदैन भनेर मैले बोलेको थिएँ, मन्त्रालयमा मन्त्री र सचिवहरुको कार्यकक्षमा सिसिटिभी राख्नुपर्छ किनकी भ्रष्टाचारको जड त्यही हो भनेको थिएँ ।’

उनले नेपालमा संघीयता कार्यान्वयनको सवालमा कानून बनाएर अधिकार दिन खोजेको भएपनि त्यसो हुन नसकेको स्विकारे । अब संविधानलाई पनि करेक्सन गरेर अहिलेको जनभावनालाई आत्मसात गरेर जानुपर्ने देवकोटाको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार