एमाले खरानीको टीका लाएर अगाडि बढ्छ : गोकुल बास्कोटा

२०८२ आश्विन ४, शनिबार

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले अहिले संविधानलाई कोमामा पुर्‍याइएको टिप्पणी गरेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार काभ्रे जिल्ला कमिटिद्वारा आयोजित एक सभामा बोल्दै उनले लामो सङ्घर्षमा प्राप्त संविधान अपहरित भएको बताए ।पार्टीका संस्थापक महासचिव जननेता मदन भण्डारीलाई सम्झिँदै गोकुलले भने, ‘नेकपा एमालेका केही नेताहरू आउँछन् कि आउँदैनन् भन्न सकिँदैन । तर, नेकपा एमाले आउँछ, परिवर्तनको झन्डा बोकेर आउँछ । गुमेको आत्मविश्वासलाई फेरि फिर्ता लिएर आउँछ ।’

उनले भौतिक हमलाले राजनीतिक विचारधारा नढल्ने प्रष्ट्याए ।

उनले थपे, ‘हामीले कुनै निरंकूशताको अभियान चलाएका होइनौँ । न्यायको अभियान चलाएको हौँ । यो वितण्डाले देश सय वर्ष पछाडि परेको छ । हामीले भूकम्प, नाकाबन्दी, कोभिड र विदेशीको थिचोमिचोको सामना गरेर जनतालाई बचाइरह्यौँ । त्यो दृढ विश्वास गुम्दैन । हामी तीनवटै पुस्ताको नेतृत्व गर्न सक्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार