काठमाडौं : पहिरोका कारण आज दिनभर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
तुईन खोला पुल नजिकै गएको पहिरो साँझ ६ बजे पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
पहिरोका कारण मध्याह्न १२ बजेदेखि दुवैतर्फ सडक बन्द भएको थियो।





