बल्खुस्थित वागमती किनारका सुकुम्वासीलाई विद्यालयमा सारियो

२०८२ आश्विन १८, शनिबार

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि नदी किनारमा बसोबास गरिरहेका १०० सुकुम्वासी परिवारलाई स्थानान्तरण गरेको छ ।

बल्खु कुलेश्वर नदि छेउछाउमा रहेको बस्तीमा पानी पसेपछि सशस्त्र प्रहरी बलले ती परिवारलाई जनविकास माध्यमिक विद्यालय बल्खुमा स्थानान्तरण गरेको हो ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बल्खुस्थित तरकारी बजारमा पानी पसेपछि बजारसमेत खाली गराइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार