इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्ष स्थानमा उक्लियो

२०८२ आश्विन १९, आईतवार

काठमाडौं : वेस्टह्याम युनाइटेडविरुद्ध २–० को सहज जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार आर्सनलले लिगअन्तर्गत इमिरेट्स रंगशालामा सम्पन्न खेलमा वेस्टह्यामविरुद्ध २–० को जित निकालेको हो । आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले समान एक–एक गोल गरे । आर्सनलले पहिलो र दोस्रो हाफमा गोल गरेको हो ।

खेलको ३८औँ मिनेटमा राइसले आर्सनललाई अग्रता दिलाए । ६७औँ मिनेटमा साकाले पेनाल्टी अवसरलाई गोलमा परिणत गरेपछि आर्सनलले २–० को जित पक्का गरेको हो ।

जितसँगै आर्सनल १६ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार